जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

३ पुस, काठमाडौं। विनोद भण्डारीको उत्कृष्ट अर्धशतकको मद्दतले सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान बनाएको छ। जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा मात्र २ विकेटको क्षतिमा १४१ रन बनाएर पूरा गर्यो।

ओपनर विनोद भण्डारीले अविजित ५८ रन बनाए, जसमा ५५ बलमा ३ चौका र ३ छक्का सामेल थिए। कप्तान दीपेन्द्र सिंह ऐरीले पनि महत्वपूर्ण योगदान दिदै १६ बलमा अविजित २० रन बनाए, जसमा १ चौका र १ छक्का सामेल थियो। उनले चौका प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याए। जनकपुरका बलरहरू ललित राजवंशी र किशोर महतोले १-१ विकेट लिए।

त्यसभन्दा पहिले, कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। जनकपुरका लागि जिमी नीशमले २३ बलमा ३ चौका र ३ छक्कासहित ४५ रन बनाए। शुभ कंसाकारले २४ बलमा २६ रन थपे। तर, अन्य ब्याटरहरूले खासै योगदान दिन सकेनन्।

बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए भने सैफ अली जैबले २ विकेट लिए। स्कट कुगेलेइन र अविनाश बोहराले १-१ विकेट लिए।

सुदूरपश्चिमले यस सिजनमा दोस्रो पटक जनकपुरलाई हराएको हो। क्वालिफायर वानमा हार व्यहोरे पनि जनकपुरले फाइनल पुग्न अर्को अवसर पाउनेछ। अब जनकपुरले एलिमिनेटर खेलको विजेता कर्णाली याक्ससँग बिहीबार क्वालिफायर टु खेल्नेछ।

0 Comments

Leave a comment

ताजा समाचार

सबै हेर्नुहोस्

Tags

"Stay ahead, stay informed with Arthik Sagar."

ट्यागहरू

© 2025 FinTech Technology. All Rights Reserved.