६० लाख धरौटी बुजाएर रबि लामिछाने रिहा, बिहिबारमात्रै लामिछानेले ६५ लाख धरौटी बुजाएका थिए

२ माघ २०८१, बुधबार, बिहिबारमात्रै ६५ लाख धरौटी बुजाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, आज ६० लाख धरौटी बुजाएर रिहा भएका छन् | जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए ।  काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले लामिछानेले धरौटीबापत बैंक ग्यारेन्टी पेस गरेको जानकारी दिए । बैंक ग्यारेन्टी बुझाएर लामिछाने रिहा भएका हुन् ।

बिहिबारमात्रै जिल्ला अदालत कास्कीको आदेशपछि ६० लाख धरौटी बुजाएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने ८४ दिनको हिरासत बसाइपछि रिहा भएका थिए ।

 बुटवल र चितवनमा आफैं हाजिर हुने सर्तमा रवि लामिछानेलाई रिहा गरिएको प्रहरीको भनाइ छ |

थुनछेक बहसपछि जारी आदेशमा रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारीको ऋण भुक्तान गरेको र गोरखा मिडिया प्रालिको खाताबाट एकल हस्ताक्षरमा विभिन्न भुक्तानी गरिएको तथ्य प्रस्तुत गरिएको छ। आदेशमा भनिएको छ कि, यी प्रमाणहरूले उनी हाललाई कसुरदार हुन् भन्ने अवस्था स्पष्ट रूपमा देखाउँदैन।

तर, आगामी दिनमा थप प्रमाण संकलन र विश्लेषण हुँदै जाँदा आवश्यक निर्णय गर्न सकिने भएकाले अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो।

0 Comments

Leave a comment

ताजा समाचार

सबै हेर्नुहोस्

Tags

"Stay ahead, stay informed with Arthik Sagar."

ट्यागहरू

© 2025 FinTech Technology. All Rights Reserved.