रबि लामिछाने धरौटिमा रिहा

२५ पुष २०८१, बिहीबार, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने ८४ दिनको हिरासत बसाइपछि रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।

आजै जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेबाट ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध गएको ७ पुसमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा छ ।

रबि भोलि स्वयं काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाडिएको हो।

0 Comments

Leave a comment

ताजा समाचार

सबै हेर्नुहोस्

Tags

"Stay ahead, stay informed with Arthik Sagar."

ट्यागहरू

© 2025 FinTech Technology. All Rights Reserved.