बढ्यो खाना पकाउने ग्यासको मूल्य, पेट्रोल 2 रुपैया र डिजेल 12 रुपैयाँले घट्यो

१८ वैशाख, काठमाडौं । खाना पकाउने ग्यासको मूल्य फेरि बढाइएको छ। नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

नयाँ दरअनुसार अब ग्यासको पूरा सिलिण्डरको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको छ भने आधा सिलिण्डरको मूल्य १ हजार ८० रुपैयाँ कायम गरिएको छ। यसअघि पूरा सिलिण्डर २ हजार १० रुपैयाँ र आधा सिलिण्डर १ हजार ५ रुपैयाँमा पाइन्थ्यो।

त्यसैगरी, पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। डिजेल र मट्टितेलमा भने प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ।

यता हवाइ इन्धनको मूल्य भने वृद्धि गरिएको छ। आन्तरिक उडानतर्फ प्रतिलिटर ७ रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलिटर ४६ डलरले मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

0 Comments

Leave a comment

ताजा समाचार

सबै हेर्नुहोस्

Tags

"Stay ahead, stay informed with Arthik Sagar."

ट्यागहरू

© 2026 FinTech Technology. All Rights Reserved.