रबि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण

२ माघ, काठमाडौं – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक सम्बन्धी बहसको सुनुवाइ सकिएपछि फैसला घोषणा गर्दै न्यायाधीश माधवप्रसाद अधिकारीले रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएका हुन्। लामिछानेले धरौटी बापत ६० लाख बूजाउन आदेश भएको हो |

सुनुवाइको क्रममा चार चरणमा बहस र जवाफी बहस सम्पन्न भएको थियो। पहिलो चरणमा सरकारी वकिलहरूले आफ्नो तर्फबाट बहस गरे। त्यसपछि जाहेरकर्ताका कानुन व्यवसायीहरूले आफ्नो धारणा प्रस्तुत गरे। तेस्रो चरणमा रवि लामिछानेको पक्षका कानुन व्यवसायीहरूले उनीप्रति लागेको आरोपको बचाउमा बहस गरे। अन्तिम चरणमा सरकारी वकिलहरूले जवाफी बहस प्रस्तुत गरे।

यस सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएपछि रवि लामिछानेले संक्षिप्त रूपमा आफ्नो भनाइ राखे। उनले आफ्नो तर्फबाट केही विषयमा प्रष्ट्याउँदै न्यायालयसमक्ष निवेदन गरेका थिए।

सुनुवाइ प्रक्रिया समाप्त भएको घोषणा गर्दै न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासमा उपस्थित सबैलाई बाहिर जान आदेश दिएका थिए। उनले भने, "सुनुवाइ सकियो, अब तपाईंहरू सबै बाहिर जानुस् र मलाई काम गर्न दिनुहोस्।"

न्यायाधीशको आदेशसँगै इजलासको प्रक्रिया बन्द गरिएको थियो |

केहि समयपछि सुरुभएको इजलासले फैसला सुनाएको हो |

2 Comments

Image
PskuxRgXlfnAXoXSGbBQ 11/20/2025 2:49:15 PM

AsAuWBzuxvhOUBwXC

Image
RrvhLegYoFEBkONvwtq 11/15/2025 4:11:09 AM

FCDCQcNbvvCjghNkPtFp

Leave a comment

ताजा समाचार

सबै हेर्नुहोस्

Tags

"Stay ahead, stay informed with Arthik Sagar."

ट्यागहरू

© 2025 FinTech Technology. All Rights Reserved.